images
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

  • ८ चैत्र २०७९, बुधबार ०७:४३

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनुहुने भएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो । तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । गत पुस २६ मा मन्त्रीपरिषद गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

यसैबीच, मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद देखिएको छ । सत्ता साझेदारीका लागि अन्तिम तयारी गरिरहेका दुई दलबीच मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर विवाद देखिएको हो । कांग्रेस सत्ता भागबण्डाको टुंगो भएपछि मात्र विश्वासको मत लिनुपर्ने पक्षमा छ । कांग्रेसले मुख्यमन्त्री कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव केहीदिन पर सार्न प्रस्ताव गरेको छ ।

माओवादी केन्द्र भने पहिल विश्वासको मत टुंग्याएर अन्य प्रक्रियामा लाग्नुपर्ने पक्षमा छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले मुख्यमन्त्री कट्टेलले विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा अझै केही दिन बाँकी रहेकाले पूर्ण तयारी गरेर मात्र अघि बढ्नुपर्ने बताउनुभयो ।