images
images

दोलखाको सुन्द्रावतीका नाबालकको पेट्रोल सेवनबाट मृत्यु

  • ८ चैत्र २०७९, बुधबार १४:०८

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित सुन्द्रावतीका एक नावालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावती घर भई सिंगटीमा पसल गर्दै आएका मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको पेट्रोल सेवनबाट मृत्यु भएको हो । आज विहान करिव साँढे ९ बजे सेढाईले कोठामा राखेकोे पेट्रोल बालकले सेवन गरेका थिए । केहीवेर अघि बाईकमा पेट्रोल हालेर पाइप सहित कोठामा राखिएको र बालकले त्यहीँबाट पेट्रोल सेवन गरेको पाइएको छ ।

पेट्रोल सेवनबाट बेहोस भएका ति बालकलाई सिंगटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल, दोलखा अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा बालकको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । मृतक बालकको शव हाल अस्पतालमै राखिएको छ ।