images
images

रामेछापकी एक महिला दुर्लभ वन्यजन्तु सालकको खपटासहित पक्राउ

  • ८ चैत्र २०७९, बुधबार १५:४०

रामेछाप । रामेछापकी एक महिला दुर्लभ वन्यजन्तु सालकको खपटासहित पक्राउ परेकी छिन् ।

नेपाल प्रहरीले रामेछापकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई दुर्लभ वन्यजन्तु सालकको खपटासहित आज पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबु काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई टोखा नगरपालिका ११ मनमैजु पुलबाट पक्राउ गरेको छ । पक्राउ परेकी उनको साथबाट करिव साढेँ दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपटा र नगद २० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रिय कार्यालयले जनाएको छ ।