images
images

कालिञ्चोक दर्शन लिमिटेडको शेयर नेप्सेमा सुचिकृत

  • ८ चैत्र २०७९, बुधबार १६:०४

जिरी (दोलखा) । कालिञ्चोक दर्शन लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

आज कम्पनीको ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुलाई वितरण गरेको १ लाख २० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) १० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४८ लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ७८ रुपैयाँ १५ पैसा देखि २३४ रुपैयाँ ४५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

सोही रेन्जको आधारमा भोलीदेखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । कम्पनीको शेयरलाई केडिएल कारोबार संकेत प्रदान गरेको नेप्सेले जनाएको छ ।