images
images

५ लाख ३० हजार आप्रवासीलाई अमेरिका छाड्न ट्रम्पको चेतावनी

  • ९ चैत्र २०८१, शनिबार ०९:२९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ लाख ३० हजार आप्रवासीलाई अमेरिकाबाट निकाल्ने निर्णय गर्नुभएको छ ।

ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको हो । संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति (वर्क परमिट) र देशनिकाला नगर्ने सुरक्षा खारेज गर्नुअघि देश छोड्न चेतावनी दिइएको छ ।

बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका लगिएको थियो । यो कार्यक्रम कानुनी बसाइँसराइको बाटो खोल्नका लागि थियो ।

तर, ट्रम्प राष्ट्रपति बन्नासाथ यो कार्यक्रम स्थगन गरेपनि यो अवधिमा कति आप्रवासीले अमेरिकामा कानुनी रूपमा बस्ने अनुमतिका लागि कानुनी आधार प्राप्त गरेका छन् भन्ने कुरा अझै स्पष्ट छैन । यो कार्यक्रम पूर्वराष्ट्रपति जो बाइडेनले २०२२ मा सुरु गर्नुभएको थियो ।