images
images

८६ वर्षको उमेरमा केको आन्दोलन ? इतिहासले नेपालको जिम्मा प्रचण्डलाई दिँदैछ–नेता सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले इतिहाँसले फेरी नेपालको जिम्मा पुष्पकमकल दाहाल प्रचण्डलाई दिने दावी गर्नुभएको छ ।

उहाँले राजावादी र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै इतिहासले फेरी एक पटक माओवादी अध्यक्ष प्रचण्लाई देश जिम्मा लगाउने दावी गर्नुभएको हो ।

तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले हाल ओलीलाई ७८ ना सांसदको अहंकार मात्रै रहेको र विचार र विवेश शून्य रहेको भन्दै इतिहाँसले फेरी एक पटक प्रचण्डलाई देश सुम्पिने बताउनुभयो ।

उहाँले सरकार पूर्ण रुपमा असफल भइरहेको जिकिर पनि गर्नुभयो । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा आफूहरु युग परिवर्तनको लागि हिँडिरहेको पनि उपाध्यक्ष सापकोटाकोा भनाई छ ।

अहिले राजावादी र ओलीलाई चुनौती दिनेगरी बुद्धिमतापूर्ण ढंगले अध्यक्ष प्रचण्डले फायर खोलिसकेको बताउँदै उहाँले फायर खोल्न नपाउँदै प्रतिगमनकारीहरुको हावा खुस्किसकेको जिकिर गर्नुभयो । उहाँले ८६ वर्षको उमेरमा के को आन्दोलन ? भन्दै प्रश्न गर्नुभयो ।