images
images

मोटरसाइकल दुर्घटनामा वाइसिएल दोलखाका अध्यक्ष घाईते, हेलिकोप्टर मार्फत काठमाडौँ लगियो

दोलखा । दोलखाको उत्तरी क्षेत्र सिंगटीमा मोटरसाईकल दुर्घटना हुँदा वाईसियल दोलखाका अध्यक्ष विनोद लामा गम्भीर घाईते भएका छन् ।

सिंगटीबाट चरिकोटतर्फ मोटरसाईकलमा आउँदै गरेका दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ सिंगटी निवासी अध्यक्ष लामा खोलिखिम आसपास दुर्घटनामा परी गम्भीर घाईते भएका हुन् । घाईते लामाको दोलखा स्थित धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत् काठमाडौँ रिफर गरिएको हो । उनको काठमाडौँ न्युरो अस्पतालमा उपचार भैरहेको नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो ।

चरिकोटबाट सिंगटी जाँदै गरेको ६३८४ नम्बरको मोटरसाईकल र लामा सवार ८४१७ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का मोटरसाईकल चालक गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारे निवासी २५ वर्षिय दिलु तमाङ पनि घाईते भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले जनाकारी दिनुभयो । उनको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।