images
images

भीमेस्वरमा स्थानीय चुनावः पुरानै अनुहार वीच प्रतिश्पर्धा हुँदै

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा पुरानै अनुहारबीच प्रतिश्पर्धा हुने भएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेशले पुरानै अनुहारलाई मैदानमा उतारेको हो । नगरपालिकामा नेकपा एमालेले दुबै सिटमा पुरानै अनुहारलाई चुनावी प्रतिश्पर्धामा उतारेको छ । एमालेले भीमेश्वर नगरपालिकाका नगर प्रमुखमा भरत केसी र उपप्रमुखमा कमला बस्नेतलाई उम्मेदवार बनाउने भएको हो । केसी र बस्नेत २०७४ सालको स्थानीय तह निर्वाचनमा बिजयी भएका थिए । केसीले ६ हजार ८ सय ५३ मत पाएका थिए भने बस्नेत ७ हजार १७ मतका साथ निर्वाचित भएकी थिईन् । यद्धपि, एमालेले तय गरेका उम्मेदवारहरु सर्वसम्मत चयन नभएको र पार्टीभित्र विधि र प्रक्रिया मिचेर निर्णय लिएको भन्दै जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर सहितका उम्मेदवारका अन्य आकांक्षिहरुले पार्टीको प्रदेश कमिटीमा उजुरी दिएका छन् ।

भीमेस्वर नगरपालिकामा यसपालीको स्थानीय तहको निर्वाचनमा पनि पुरानै अनुहार वीच प्रतिश्पर्धा हुँदैछ । एमालेले भरत केसीलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले इस्वर नारायण मानन्धरलाई चुनावी मैदानमा उतारेको छ । २०७४ सालको निर्वाचनमा एमाले एक्लै तथा कांग्रेस र नेकपा माओवादी केन्द्रवीच चुनावी तालमेल भएको थियो । सो निर्वाचनमा केसी ६ हजार ८ सय ५३ मतका साथ बिजयी भएका थिए भने मानन्धरले ५ हजार ८ सय ५१ मत पाएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दुबै सिटमा बिजय हात पारेको नेकपा एमालेले नगरपालिकामा आफ्नो जनमत बलियो रहेको बताउँदै आएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र वीच चुनावी तालमेल भएको थियो । आफ्नो दल एक्लै चुनावी मैदानमा उत्रिदा पनि जित हाँसिल गरेको भन्दै नेकपा एमालेले अबको जीत पनि आफ्नै पक्षमा हुने दाबी गरेको छ । नेकपा एमालेले सत्तामा रहँदा पाँच बर्ष जनचाहना बमोजिम काम गरेकाले आफ्नो जनमत बढेको बताएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा नेपाली काग्रेश र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनबाट नगर प्रमुखमा ईश्वर नारायण मानन्धर चुनावी प्रतिश्पर्धामा उत्रिएका थिए । भीमेश्वरमा नेकपा एमालेका उम्मेदवार केसीसँगको प्रतिश्पर्धामा गठबन्धनका साझा उम्मेदवार मानन्धर १ हजार २ मतको अन्तरले पराजित भएका थिए । सो समयमा मानन्धरले ५ हजार ८ सय ५१ मत पाएका थिए । आउँदै गरेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेशले पुनः ईश्वरनारायण मानन्धरलाई नैं चुनावी मैदानमा उतारेको छ । नेपाली कांग्रेशको जिल्ला स्तरीय संसदीय समितिको बैठकले मानन्धरलाई नगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको हो । मानन्धर र केसी पुनः स्थानीय तहको निर्वाचनमा प्रतिश्पर्धा गर्ने भएका हुन् । नगर प्रमुखको उम्मेदवार कांग्रेश नेता मानन्धरले २०७४ पछि कांग्रेशको पक्षमा माहौल बढेको र संगठन पनि बलियो बन्दै गएकाले यो पटक आफुले जित्ने दाबी गरेका छन् । नेपाली कांग्रेसले भीमेस्वरमा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसँग चुनावी तालमेल हुने बताएको छ । तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अहिलेसम्म उम्मेदवार तय गरिसकेका छैनन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनको आधिकारिक धारणा आईसकेपछि मात्रै आफ्नो उम्मेदवार तय गर्ने बताएका छन् ।

एमालेले अघि सारेका नगर प्रमुखका उम्मेदवार भरत केसी र उप प्रमुखका उम्मेदवार कमला बस्नेत सर्वसम्मत चयन नभएको र विधि, प्रक्रिया मिचेर निर्णय गरेको भन्दै जिल्ला उपाध्यक्ष सहितका उम्मेदवारका आकांक्षिले पार्टी प्रदेश कमिटीमा उजुरी दिएका छन् । कांग्रेसले चुनावी तालमेल हुने अपेक्षाका साथ मानन्धरलाई नगर प्रमुखको उम्मेदवार बनाए पनि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले अहिलेसम्म उम्मेदवार तय गरेका छैनन् ।

गठबन्धन दलभित्र सहमति भएमा भीमेश्वरमा नेपाली कांग्रेशका नेता ईश्वर नारायण मानन्धरलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाउने बताईएको छ । यस्तै, नगर उपप्रमुख पद समाजवादीलाई दिने र नगरपालिकाका केही वडाहरुमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने भनिए पनि गठबन्धन दलहरुले आधिकारिक निर्णय गरिसकेका छैनन् ।