
दोलखा । नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका भरत केसीले पार्टीबाट आफु सर्वसम्मत भएको दावी गर्नुभएको छ ।
हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा कुराकानी गर्दै भीमेश्वरको नगरप्रमुखमा उम्मेदवारी दिएका केसीले नगरप्रमुखमा अरु आकांक्षी भएपनि पार्टीले आफुलाई विश्वास गरेर पुन जिम्मेवारी सुम्पिएको बताउनुभएको हो । भीमेश्वर नगरपालिकाको नगरप्रमुखमा धेरै आकांक्षी देखिएपनि नेकपा एमालेले मेयर र उपमेयर पुन दो¥याएको भन्दै पार्टीको निर्णयविरुद्ध प्रदेशमा उजुरी परेका बेला नगरप्रमुखमा उम्मेदवारी दिएका केसीले आफुलाई विश्वास गरेर पार्टीले पुन दोहो¥याउन चाहेको दावी गर्नुभयो । जिल्लाका सबै पालिकामा नयाँ अनुहार देखिएपनि भीमेश्वरमा स्वार्थसहित पुरानै मेयर र उपमेयर अघि सारेको भन्दै भीमेश्वरका मेयर आकांक्षी हरिवंश चौलागाई, राजेन्द्र मानन्धर, प्रविण प्रधान साथै उपमेयरका आकांक्षी डा. जानुका न्यौपाने, मेनुका सुवेदी, रुपा शाही भुजेल, पुर्णिमा खरेल र सीता केसीले एमाले प्रदेश कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
यद्धपि एमालेबाट नगरप्रमुखमा उम्मेदवार बनेका केसीले भने अन्य आंकाक्षी भएपनि समृद्ध भीमेश्वरको सपना साकार गर्न र बाँकी रहेको काम पुरा गर्न पार्टीले सर्वसम्मत आफुलाई उम्मेदवार बनाएको दावी गर्नुभएको छ । नगरप्रमुखमा धेरै आंकाक्षी देखिएपनि पार्टीको दुई कार्ययोजना हुने र त्यसमा संसदीय फाँट/ पार्टीको फाँट हुने भन्दै उहाँले त्यसमा विभाजित भएर जाने हुँदा केहीले पार्टी संरचनालाई निर्माण गर्ने, कोही पार्टीको संगठित रुपमा नेतृत्व तहमा हुने र कतिपय पार्टीको जिम्मेवारीमा रहने हुनाले सोहीअनुसार जिम्मेवारीको बाडँफाँड हुने बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका भरत केसीले पार्टीबाट आफु सर्वसम्मत भएको दावी गर्नुभएको छ । भीमेश्वर नगरपालिकाको नगरप्रमुखमा धेरै आकांक्षी देखिएपनि नेकपा एमालेले मेयर र उपमेयर पुन दो¥याएको भन्दै पार्टीको निर्णयविरुद्ध प्रदेशमा उजुरी परेका बेला नगरप्रमुखमा उम्मेदवारी दिएका केसीले आफुलाई विश्वास गरेर पार्टीले पुन दोहो¥याएको दावी गर्नुभयो । नगरप्रमुखका उम्मेदवार केसीले नेकपा एमालेले नगरप्रमुखसहित जिल्लाको ९ वटै वडामा विजयी हात पार्ने दावी पनि गर्नुभएको छ ।
नगरप्रमुखका उम्मेदवार केसीले नेकपा एमालेले नगरप्रमुखसहित जिल्लाको ९ वटै वडामा विजयी हात पार्ने दावी पनि गर्नुभएको छ । यसअघि निर्वाचनमा नेकपा माओवादी र नेपाली कांग्रेसले गठबन्धन गरेर आफु एक्लै लड्दापनि जित हासिल गरेको र अहिलेपनि प्रत्येक वडामा आफु अझ सुद्धढ भएर गइरहेकाले जित हुने उहाँले दावी गर्नुभयो । नेकपा माओवादी र नेकपा एमालेबीच एकता हुँदा पार्टीमा रहेका माओवादीतर्फका नेता कार्यकर्ताहरु अहिले आफ्नो पार्टीमा लागेको र गठबन्धन दल पनि नगरपालिकामा कमजोर रहेको दावी गर्दै उहाँले अघिल्लो कार्यकालमा भएको कामको आधारको मुल्यांकन गर्दै जनताले आफुहरुलाई मत दिने हुँदा विजय सुनिश्चित रहेको दावी गर्नुभयो ।
अघिल्लो कार्यकालमा आफुले घोषणपत्रमा समेटिए अनुसार ९० प्रतिशत काम गरेको र आगामी दिनमा भीमेश्वरलाई समृद्धि बनाउन बाँकी रहेको काम गर्न आफुले उम्मेदवारी दिएको उहाँको भनाई छ । अघिल्लो कार्यकालमा शिक्षा, स्वास्थ्य, सडक, पर्यटकीय पुर्वाधार, खेल पुर्वाधार, कृषिलाई आधुनिकिरण आमुल परिवर्तन गरेकाले जनतालाई प्रत्यक्ष फाइदा पुगेको भन्दै बाँकी रहेका योजना सम्पन्न गर्न आफ्नो उम्मेदवारी महत्वपुर्ण रहेको केसीले बताउनुभयो ।