images
images

दोलखाका युवक रेडपाण्डाको छाला सहित पक्राउ

  • ९ बैशाख २०७९, शुक्रबार १३:२८

काठमाडौं । दोलखाका एक सहित दुई युवक रेडपाण्डाको छाला सहित पक्राउ परेका छन् ।

मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुका २९ वर्षिय तुलसाङ दोर्जे गोले र काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर २ का ३८ वर्षिय रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले काठमाडौंको दरबारमार्गस्थित होटल मिर्चीबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले एक थान रेडपाण्डाको छाला बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुमाथि महानगरीय प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।