जिरी (दोलखा) । नेकपा माओवादी केन्द्र दोलखाले आफ्नो तर्फबाट सबै पालिका प्रमुख तथा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ ।
गठबन्धनभित्र छलफल जारी रहेका बेला माओवादी केन्द्रले आफ्नो तर्फबाट नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि ९ वटै स्थानीय तहमा उम्मेदवार टुङग्याएको हो । गठबन्धनको निष्कर्ष आउँन बाँकी रहेपनि उम्मेदवार मनोनयनका लागि २ दिन मात्रै बाँकी रहँदा पार्टीले आफ्नो तर्फबाट प्रमुख पदका उम्मेदवारहरु तय गरिसकेको हो । लामो समयदेखि गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीबीच छलफल भइरहेपनि हालसम्म गठबन्धनको निष्कर्ष आउन सकेको छैन ।
यही क्रममा माओवादीले सबै पालिकाको पालिका प्रमुखको उम्मेदवार तय गरिसकेको हो । यद्धपी भीमेश्वर नगरपालिकाको भने सर्वसम्मत हुन नसकेपछि उम्मेदवार टुङग्याउन बागमती प्रदेश कमिटीमा सिफारिस गरिएको छ । नगरकमिटीको हिजो बसेको बैठकले सुन्दर कुमार केसी र कमला कार्कीको नाम नगरप्रमुखका लागि प्रदेशमा सिफारिस गरेको भीमेश्वर नगरकमिटीका अध्यक्ष तारा चौलागाईले जानकारी दिनुभयो । यस्तै, रामदेवी श्रेष्ठलाई भीमेश्वरको उपमेयरका उम्मेदवारका लागि सिफारिस गरिएको छ । पार्टीले जिरी नगरपालिकामा गेल्बु शेर्पालाई मेयरको उम्मेदवार बनाएको छ । जिरीमा चुनावी तालमेलबाट निर्वाचनमा जाँदा नेता शेर्पा चुनावी मैदानमा उत्रिने छन् भने गठबन्धन विना एकल जाँदा मेयरको उम्मेदवारको रुपमा पार्टीका केन्द्रिय सदस्य नविन जिरेललाई अघि सार्ने जिरी नगरकमिटीको निर्णय छ । गठबन्धनको क्रममा माओवादीले उपमेयर लिनुपर्दा जिरी नगरकमिटीका इन्चार्ज तेजबहादुर गोलेलाई उपमेयरको उम्मेदवार बनाउने माओवादीको तयारी छ । यस्तै, माओवादीले बैतेश्वर गाउँपालिकामा नेता लक्ष्मण खड्कालाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ ।
गठबन्धनभित्र छलफल जारी रहेका बेला माओवादी केन्द्रले आफ्नो तर्फबाट नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि ९ वटै स्थानीय तहमा उम्मेदवार टुङग्याएको हो । मनोनयको २ दिन अघिसम्म गठबन्धन निष्कर्षमा पुग्न नसक्दा गठबन्धनभित्रकै माओवादीले आफ्नो उम्मेदवार तय गरिसकेको छ । गठबन्धनको लागि अबको दुई दिन बाँकी भएकाले गठबन्धन हुने / नहुने हेर्न बाँकी छ । गठबन्धनमा सहमति नभएमा माओवादी केन्द्र हाल घोषणा गरेको उम्मेदवारलाई लिएर मैदानमा उत्रने संकेत छ ।
माओवादीले तामाकोशी गाउँपालिकामा शन्तोष केसीलाई अध्यक्षको उम्मेदवार बनाउँदा विगुमा २०७४ सालको स्थानीय निर्वाचनबाट पालिका उपाध्यक्ष बनेका सञ्जिव ओलीलाई चुनावी मैदानमा उतार्न लागिएकोे छ । यसैगरी, कालिञ्चोकमा गत स्थानीय तहमा माओवादीबाट उम्मेदवार बनेका कुल बहादुर बुढाथोकीलाई पुनःपालिका अध्यक्षको उम्मेदवार बनाइएको छ । गौरीशंकरमा युवा नेता विश्वास कार्कीले माओवादीबाट पालिका अध्यक्षको उम्मेदवार बन्ने मौका पाउँदा शैलुङमा रिमालबाबु श्रेष्ठ अध्यक्षका उम्मेदवार बनेका छन् । मेलुङ गाउँपालिकामा भने यसअघि माओवादीका संस्थापक नेता शंकर लामालाई पालिका अध्यक्षको उम्मेदवार बनाउने भनी पार्टीले निर्णय गरेपनि हाल स्थानीयस्तरको गठबन्धनबाट एकिकृत समाजवादीलाई पालिका अध्यक्ष र माओवादीलाई उपाध्यक्ष दिने गरी निर्णय भएको छ । गठबन्धनको निर्णय अनुसार एकीकृत समाजवादीका नेता रविन्द्र कार्की अध्यक्षका उम्मेदवार बन्ने छन् भने माओवादीका नेता प्रेम बहादुर थोकर उपाध्यक्षमा लड्नेछन् । मेलुङमा स्थानीयस्तरमा सहमति भएपनि जिल्लाको निर्णय अझै आउँन बाँकी छ ।
निर्वाचन आयोगले यही वैशाख ११ गते अर्थात आइतबार उम्मेदवारहरुको मनोनय दर्ताको समय तोकेको छ। मनोनयको २ दिन अघिसम्म गठबन्धन निष्कर्षमा पुग्न नसक्दा गठबन्धनभित्रकै माओवादीले आफ्नो उम्मेदवार तय गरिसकेको छ । गठबन्धनको लागि अबको दुई दिन बाँकी भएकाले गठबन्धन हुने / नहुने हेर्न बाँकी छ । गठबन्धनमा सहमति नभएमा माओवादी केन्द्र हाल घोषणा गरेको उम्मेदवारलाई लिएर मैदानमा उत्रने संकेत छ । तर, गठबन्धन भएमा हाल सबै पालिकामा माओवादीले आफ्नो उम्मेदवार तय गरेपनि भागवण्डा मिलाउँदा फेरबदल हुनेछ ।