images
images

दोलखामा चुनावी तालमेलः कांग्रेसलाई ४, माओवादीलाई ३ र नेकपा एसलाई २ स्थानीय तह

  • ९ बैशाख २०७९, शुक्रबार २१:०६

जिरी (दोलखा) । स्थानीय तह निर्वाचनका लागि दोलखामा सत्तारुढ गठबन्धनको भागबण्डा टुङ्गिएको छ ।

लामो प्रयासपछि पनि जिल्लामा भागवण्डा नटुङ्गिएपछि हिजोको बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले भागबण्डा टुङ्ग्याएको हो । गठबन्धनमा भागवण्डा मिलाउँदा नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहको प्रमुख पाएका छन् ।सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले ४ पालिका प्रमुख र ५ उपप्रमुख पाएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले ३ पालिका प्रमुख र ३ उपप्रमुख पाउने भएको छ । नेकपा एकिकृत समाजवादीले २ पालिका प्रमुखसहित १ उपप्रमुख पाएको छ ।

हेर्नुहोस, कुन पालिका कसलाई ?