images
images

पर्यटकीय आकर्षणको केन्द्र शैलुङमा यसरी बन्दैछ ‘मिनी ग्रेट वाल’

  • ९ बैशाख २०८०, शनिबार १८:५०

दोलखा । दोलखाको प्रसिद्ध धार्मिक एवँ पर्यटकीयस्थल शैलुङमा ‘मिनि ग्रेट वाल’ निर्माणको काम भईरहेको छ ।

शैलुङ भ्रमणमा आउने पर्यटकलाई अर्को आकर्षण थप्नकालागि मिनि ग्रेट वाल निर्माण शुरु गरिएको हो । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा मिनि ग्रेट वाल निर्माण शुरु गरिएको हो । शैलुङ गाउँपालिकाको कालापानीदेखि पर्यटकीयस्थल शैलुङको डाँफे ढुँगासम्म ग्रेट वाल निर्माणको डिपिआर तयार भएपनि शुरुमा कालापानीदेखि ५ सय मिटर लामो ग्रेट वाल निर्माण भईरहेको छ । योजना सम्झौताको एक बर्ष ढिलोगरी निर्माण कार्य शुरु भएपनि अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रारम्भिक चरणमा ५ सय मिटर लामो ग्रेट वाल निर्माणकालागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा सोबर्ण निर्माण सिन्धुपाल्चोकले ठेक्का सम्झौता गरेको थियो । ग्रेट वाल निर्माणमा संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत लगानी रहेको छ । २०७८ साल असार १५ गते एक बर्षको अवधिमा काम सक्ने गरी ठेक्का सम्झौता गरिए पनि निर्माण कम्पनीले एक बर्ष ढिलोगरी काम शुरु गरेको थियो । पहिलो चरणमा शैलुङको बेसक्याम्प कालापानीवाट शैलुङको थुम्कोतर्फ ठाडो उकालो बाटोमा ५ सय मिटर लामो ग्रेट वाल निर्माण हुनेछ । ग्रेट वाल निर्माणमा ढुँगालाई कलात्मकरुपले प्रयोग गरिएको छ । निर्माण कार्य सम्पन्न गर्नकालागि चालु बर्षको असार महिनासम्मको म्याद थप भएको छ ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा मिनि ग्रेट वाल निर्माण शुरु गरिएको हो । संघीय सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत शैलुङमा पनि मिनि ग्रेट वाल निर्माण शुरु भएको हो । योजना सम्झौताको एक बर्ष ढिलोगरी निर्माण कार्य शुरु भएपनि अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

संघीय सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत शैलुङमा पनि मिनि ग्रेट वाल निर्माण शुरु भएको हो । शैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भरतप्रसाद दुलालले संघीय सरकारले पर्यटकीय गन्तव्य निर्माणकालागि सहयोग गर्ने भएपछि गाउँपालिकाले मिनि ग्रेट वाल निर्माणको प्रस्ताव गरेको र सो प्रस्ताव आफ्नै परिकल्पना भएको बताउनुभयो । उहाँले ग्रेट वाल निर्माणपछि शैलुङको आकर्षण थपिने र पर्यटकको संख्या बढ्ने बिस्वास व्यक्त गर्नुभयो ।

शैलुङ गाउँपालिकाले तयार पारेको डिपिआरमा ११ सय मिटर लामो ग्रेट वाल निर्माणको प्रस्ताव गरिएको छ । जस अनुसार कालापानीदेखि डाँफे ढुँगासम्म ग्रेट वाल निर्माण हुनेछ । ५ सय मिटर लामो ग्रेट वाल निर्माणमा करिव ५ करोड खर्च हुने भएपछि बाँकी ७ सय मिटर लामो ग्रेट वाल निर्माणको काम बाँकी रहने छ ।

single-dsc.ing

single.dsc-ing

single-dsc-ing

single-dsc.ing