images
images

खुम्वुमा थपिँदै पर्यटक, एकै दिन सात सय भित्रिए

सोलुखुम्वु । सर्वाेच्च शिखर सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटक भित्रिएका छन् ।

हिजो एकैदिन करिव सात सय पर्यटक खुम्बु प्रवेश गरेका हुन् । एकै दिन ६०८ विदेशी सहित ६९४ पर्यटक खुम्वु क्षेत्रमा प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटक थपिरहँदा सगरमाथा क्षेत्र भरिभराउ हुन थालेको छ । पर्यटकहरु बढेसँगै होटलमा लज समेत खचाखच भएका छन् ।

मौसम अनुकुल भएर लुक्लामा हवाई उडान बाक्लिएसँगै खुम्बु भित्रिने पर्यटकको संख्या बढेको तारा एयर लुक्लाका ईञ्चार्ज अमृत मगरले जानकारी दिनुभयो । कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको स्थानीय व्यवसायीहरुको भनाई छ ।