
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुन तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर २ लाख नजिक पुगेको हो । आज सुन ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । महासंघका अनुसार यो हालसम्मकै हालसम्म मूल्य उच्च हो ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको हो ।