दोलखा । दोलखास्थित गौरीशंकर एकेडेमीको आयोजनामा काठमाडौँमा सम्पन्न गौरीशंकर सुपर लिग यु–१७ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी काठमाडौँको क्रिकेट टोलीले जितेको छ ।
प्रतियोगिताको उपाधी सिईसी काठमाडौँले जितेको हो । सो टोलीले उपाधीसँगै नगद १ लाख र ट्रफी हात पारेको छ । प्रतियोगिताको विजेतालाई नेपाल क्रिकेट सँघ क्यानका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पुरस्कार वितरण गरेका छन् ।
उपविजेतालाई नगद ४१ हजार र ट्रफी
यस्तै, प्रतियोगिताको उपविजेता बनेको एन्जल स्पोर्टस क्लवले नगद ४१ हजार र ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताका अन्य विजेता तथा म्यान अफदी म्याच बनेका खेलाडीहरुलाई भने राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि, बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्का, गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उमा लुंगेली मगर शेर्पा लगाएतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगतामा दोलखाको पनि सहभागिता रहेपनि यसअघि नै बाहिरिएको थियो । गौरीशंकर एकेडेमीले यसअघि गत वर्ष पनि प्रतियोगिता सञ्चालन गरेको थियो । क्लव लेभलका प्रतियोगिता कमै हुने भएकाले त्यस्ता खेलाडीहरुलाई लक्षित गरि राष्ट्रियस्तरको प्रतियोगिता सुरु गरिएको आयोजक गौरीशंकर एकेडेमीका अध्यक्ष विष्णुकुमार बुढाथोकीले जानकारी दिए ।




हाम्रो अपडेट 






