images
images

थामी समुदायबाट दोलखामा १९ जना जनप्रतिनिधि निर्वाचित (नामावली सहित)

दोलखा । दोलखामा थामी समुदायबाट एक जना पालिका उपप्रमुख सहित १९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये ५ वटा पालिकामा १९ जना जनप्रतिनिधि थामी समुदायबाट निर्वाचित भएका हुन् । एक जना पालिका उपप्रमुख, चार जना वडाध्यक्ष, ६ जना महिला सदस्य र ८ जना गाउँपालिकाको सदस्यमा निर्वाचित भएका हुन् । थामी समुदायबाट विगु गाउँपालिकामा सवैभन्दा बढी जनप्रतिनिधि निर्वाचित भएका छन् । विगु गाउँपालिकाको उपप्रमुखमा देविका थामी निर्वाचित भएकी छिन् भने वडा नम्बर ६ र ८ को वडाध्यक्षमा पनि थामी समुदायकै जनप्रतिनिधि निर्वाचित भएका छन् । वडा नम्बर ६ को वडाध्यक्षमा टहल बहादुर थामी निर्वाचित भएका छन् भने वडा नम्बर ८ को वडाध्यक्षमा हिरा थामी निर्वाचित भएका छन् । उनीहरु नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन् ।

विगुको महिला सदस्यहरुमा ज्योतीमाया थामी, देवि थामी निर्वाचित भएका छन् भने सदस्यहरुमा धन कुमार थामी र ढल बहादुर थामी निर्वाचित भएका छन् । थामी समुदायको बाक्लो उपस्थिति रहेको कालिञ्चोक गाउँपालिकामा एक जना वडाध्यक्ष र ६ जना सदस्य थामी समुदायबाटै निर्वाचित भएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा पदम बहादुर थामी निर्वाचित भएका हुन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका उनी निर्वाचित भएका छन् । सो गाउँपालिकाको महिला सदस्यहरुमा तारामाया थामी, ईस्मीता थामी, कल्पना थामी निर्वाचित भएका छन् भने सदस्यहरुमा बुद्धिमान थामी, दिनेश थामी र बुद्धिमान थामी निर्वाचित भएका छन् ।

दोलखामा थामी समुदायबाट एक जना पालिका उपप्रमुख सहित १९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये ५ वटा पालिकामा १९ जना जनप्रतिनिधि थामी समुदायबाट निर्वाचित भएका हुन् । एक जना पालिका उपप्रमुख, चार जना वडाध्यक्ष, ६ जना महिला सदस्य र ८ जना गाउँपालिकाको सदस्यमा निर्वाचित भएका हुन् । थामी समुदायबाट विगु गाउँपालिकामा सवैभन्दा बढी जनप्रतिनिधि निर्वाचित भएका छन् ।

भीमेश्वर नगरपालिका पनि थामी समुदायको बाक्लो उपस्थिति भएको नगर हो । भीमेश्वर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा माधव थामी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । महिला सदस्यमा निशा थामी निर्वाचित भएकी छिन् भने सदस्यहरुमा गंगा बहादुर थामी र देवेन्द्र थामी निर्वाचित भएका छन् । यसैगरी मेलुङ गाउँपालिका र वैतेशवर गाउँपालिकाबाट भने एक–एक जना जनप्रतिनिधि थामी समुदायबाट निर्वाचित भएका छन् । मेलुङ गाउँपालिकामा संगीता थामी र वैतेश्वर गाउँपालिका शर्मिला थामी विजयी भएकी छिन् । उनीहरु दुवै जना महिला सदस्यमा निर्वाचित भएका हुन् ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दोलखाको ५ वटा स्थानीय तहबाट २३ जना जनप्रतिनिधि थामी समुदायबाट चुनिएका थिए । त्यतिबेला पालिका प्रमुख र उपप्रमुख एक–एक जना सहित २३ जना थामी समुदायका जनप्रतिनिधि थिए । २०७४ मा कालिञ्चोक गाउँपालिकामा ११ जना, विगुमा ६ जना, भीमेश्वरमा ५ जना र गौरीशंकर गाउँपालिकामा एक जनाले थामी समुदायबाट जनप्रतिनिधि बन्ने मौका पाएका थिए । उनीहरुको कार्यकाल सकिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनको तुलनामा भने यो पटक थामी समुदायबाट निर्वाचित हुने जनप्रतिनिधिको संख्या घटेको देखिन्छ ।