जिरी (दोलखा) । २०७९ सालको स्थानीय तह निर्वाचन सम्पन्न भएर पाँच वर्षका लागि स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
हिजोदेखि नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सुरु भइसकेको छ । दोलखामा पनि ९ वटै पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । बैशाख ३० गते निर्वाचन सम्पन्न हुँदै गर्दा उम्मेदवार बनेकाहरुले विभिन्न आरोह अवरोह पार गर्दै अहिले कतिपय जनप्रतिनिधि बने भने कतिपयले हारमा चित्त बुझाएका छन् । निर्वाचन गराएर पालिका विकासका लागि जनप्रतिनिधि निर्वाचित गराउनका लागि समाजमा रहेका नागरिकहरुको मुख्य भूमिका हुनुपर्दछ । उनीहरुले आफ्नो स्वइच्छाले पालिका विकास गर्ने व्यक्तिलाई आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्दछ । तर, चुनावी मैदान एउटा खेल मैदान जस्तै रहेछ । कतिपय अवस्थामा समाजमा अधिकांश नागरिकले चाहेको व्यक्ति हार्नुपर्ने हुन्छ भने कतिपयले जनताको इच्छाविपरित पनि चुनाव जित्ने रहेछन् । त्यो एउटा चुनावी वातावरण र प्रवृत्तिको खेल पनि हुने रहेछ ।
दोलखाको बैतेश्वर गाउँपालिका यसअघि झै यो वर्ष पनि बुथ कब्जाको दागमा डुब्न पुग्यो । बैतेश्वर यो पटकको निर्वाचनमा पनि बुथ कब्जाकै रुपमा देशभर परिचित हुन पुगेको हो । वर्षाेदेखि निर्वाचनमा अशान्त र बुथ कब्जाको दाग लाग्ने गरेको दोलखा जिल्लामा यो पटक पनि त्यो दाग मेटिएन । हालै सम्पन्न २०७९ साल बैशाख ३० गतेको निर्वाचनमा बैतेश्वरमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको आरोप लागेको छ भने अर्काेतर्फ भयरहित वातावरणमा निर्वाचन हुन सकेन ।
बैतेश्वर १ मा कांग्रेसलाई बुथ कब्जाको आरोप लाग्दा निर्वाचनको दिन सोही पालिकाको वडा नम्बर २ र ३ मा पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुन सकेन ।
निर्वाचनको दिन वैतेस्वर ३ मिर्गेमा विहान सवेरैवाट झडप सुरु भयो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता वीचको दोहोरो झडपको क्रममा दर्जन बढी घाईते भए । कालिढुँगा मावि मतदान केन्द्र रणमैदानमा परिणत भयो । दिउँसो नेपाली सेना र शसस्त्र प्रहरी बल पुगेपछि मात्रै मतदान प्रक्रिया अघि बढ्यो । वैतेस्वर २ गैरीमुदी निर्वाचनको अघिल्लो रातदेखि नैं अशान्त थियो । वडा नम्बर १ वाट मध्यरातमा मोटरसाईकल र बोलेरोमा आएको युवा समूहले मतदान केन्द्र आसपासको क्षेत्रलाई नियन्त्रणमा लिएर भोलीपल्ट दिनभर ढुँगामुढा र आतंक सिर्जना गरेपछि निर्वाचनमा खटिएको प्रहरी प्रशासन मुकदर्शक बन्यो । दिउँसो हेलिकोप्टरवाट थप सुरक्षाकर्मी उतारेपछि मात्रै मतदान सुरु भयो । तर, त्यतिवेलासम्म अधिकाँश मतदाता त्रासका कारण घर फर्किसकेका थिए ।
बैतेश्वर १ मा कांग्रेसलाई बुथ कब्जाको आरोप लाग्दा निर्वाचनको दिन सोही पालिकाको वडा नम्बर २ र ३ मा पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुन सकेन ।
निर्वाचनको दिन वैतेस्वर ३ मिर्गेमा विहान सवेरैवाट झडप सुरु भयो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता वीचको दोहोरो झडपको क्रममा दर्जन बढी घाईते भए । कालिढुँगा मावि मतदान केन्द्र रणमैदानमा परिणत भयो । वैतेस्वर २ गैरीमुदी निर्वाचनको अघिल्लो रातदेखि नैं अशान्त थियो । वडा नम्बर १ वाट मध्यरातमा मोटरसाईकल र बोलेरोमा आएको युवा समूहले मतदान केन्द्र आसपासको क्षेत्रलाई नियन्त्रणमा लिएर भोलीपल्ट दिनभर ढुँगामुढा र आतंक सिर्जना गरेपछि निर्वाचनमा खटिएको प्रहरी प्रशासन मुकदर्शक बन्यो ।
जसले गर्दा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन नसक्दा जनताले आफुले रोजेको उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न नपाएको गुनासो समेत गरेका छन् । बैतेश्वर १ गैरीमुदीमा बुथ कब्जा भएको भन्दै एमाले अध्यक्षका उम्मेदवारले उजुरी समेत गरेका थिए । तर, त्यसले निकास पाउन सकेन । कांग्रेसले बुथ कब्जा गरेको भनीएको बैतेश्वर १ गैरीमुदीबाट नेकपा एमालेलेबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका माधव प्रसाद घिमिरेलाई ३ र अध्यक्ष पदकै माओवादीका उम्मेदवार लक्ष्मण खड्कालाई २ मत आउँदा कांग्रेसका छवि लामा एक्लैलाई १९८७ मत आएको थियो भने १५ मत बदर भएको थियो । अहिले छवि लामा पुनः दोस्रो कार्यकालका लागि पालिका अध्यक्ष बन्दा घिमिरे र खड्काले हारमा चित्त बुझाउनुपरेको छ । हार भन्दा पनि भयरहित र शान्त वातावरणमा निर्वाचन नहुँदा र आफ्नो पालिका सधैं अशान्त क्षेत्रको रुपमा परिचित हुँदा आफुलाई दुख लागेको माओवादी केन्द्रका नेता एवम् पालिका अध्यक्षका उम्मेदवार बनेका खड्का बताउँछन् । यो घटनाले क्षमतावान, सक्षम र जनताले चाहेको व्यक्ति मात्रै निर्वाचन बाट चुनिने भन्ने कुरालाई तोडिदिएको छ । बैतेश्वर र तामाकोशी गाउँपालिका विगतदेखिनै निर्वाचनको बेला अशान्त हुने पालिकाको रुपमा परिचित छ ।
३ मतले जितेका मिनकुमार
यसैबीच, दोलखामा बैतेश्वर ७ मा वडाध्यक्षमा निर्वाचित मिनकुमार शिवाकोटी यो पटकको निर्वाचित जनप्रतिनिधि मध्येका भाग्यमानी जनप्रतिनिधिको रुपमा स्थापित भएका छन् । नेकपा माओवादी केन्द्रका २९ वर्षीय शिवाकोटी विपक्षी उम्मेदवारसँग मात्रै ३ मत बढी ल्याएर विजयी भएका छन् । ‘उनको भाग्य हो वा एमाले उम्मेदवार बाबुराम खड्काको दुर्भाग्य,’ उनले अन्तिममा खड्कालाई ३ मतान्तरले पराजित गरेका छन् । बैतेश्वर ७ मा मतगणना हुँदै गर्दा केही अंकको मात्रै फरकमा दुई जना उम्मेदवार अघि पछि हुँदै गरेकोमा अन्तमा शिवाकोटीले जित आफ्नो पोल्टामा पारेका थिए । एमालेका खड्काले ४८९ मत ल्याउँदा उनले ३ मत मात्रै बढी ४९२ मत प्राप्त गरेका थिए । मत अन्तिम चरणमा पुग्दा बाबुराम खड्कालाई धेरैले जितको अड्कलबाजी लाउँदै सामाजिक सञ्जाल फेसबुकमा शुभकामना पनि दिइसकेका थिए । तर, अन्तमा शिवाकोटीले जित निकालेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका लोकप्रिय युवा नेता शिवाकोटी वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचन जित्न असफल भएका थिए । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार बनेपनि झिनो मतले पराजित भएका भएका उनले अहिले एमालेका उम्मेदवारलाई झिनो मतान्तरले हराएका छन् ।
२०५८ सालमा अखिल क्रान्तिकारीबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०७४ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सचिव हुँदै हाल वैतेश्वर गाउँपालिकाको पार्टी उपाध्यक्ष एवम जिल्ला समन्वय समिति सदस्य र वाईसियल बागमती विशेष प्रदेशको अध्यक्षको जिम्मेवारीमा समेत छन् ।