दोलखा । दोलखामा स्थानीय तह निर्वाचनमा ३० हजार भन्दा बढी मत बदर भएको छ ।
जिल्लाको ९ स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा ३० हजार ५ सय ७४ जनाको मत बदर भएको हो । जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार १ लाख ५ हजार ७ सय ३२ मत खसेकोमा ३० हजार बढी मत बदर भएको हो । जसअनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा ४ हजार ९ सय ९३ जनाले मत बदर गरेका छन् भने सबैभन्दा कम तामाकोशी गाउँपालिकामा २ हजार २ सय ६९ जनाको मत बदर भएको छ । धेरै मत भएको भीमेश्वर नगरपालिकामा प्रमुखतर्फ १ हजार ५ सय ९८ र उपप्रमुखमा ३ हजार ३ सय ९५ जनाको मत बदर भएको छ । सबैभन्दा कम मत बदर भएको तामाकोशी गाउँपालिकामा अध्यक्षतर्फ १ हजार १ सय १० र उपाध्यक्षतर्फ १ हजार १ सय ५७ मत बदर भएको छ ।
यस्तै, विगु गाउँपालिकामा ४ हजार २ सय ८८ जनाको मत बदर भएको छ । सो पालिकामा अध्यक्षतर्फ १ हजार ९ सय ६९ मत बदर भएको छ भने उपाध्यक्षतर्फ २ हजार ३ सय १९ मत बदर भएको छ । कालिञ्चोक गाउँपालिकामा पनि कुल ४ हजार ७१ मत बदर भएको पाइएको छ । अध्यक्षतर्फ १ हजार ८ सय ७० र उपाध्यक्षतर्फ २ हजार २ सय १ मत बदर भएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा स्थानीय तह निर्वाचनमा ३० हजार भन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार १ लाख ५ हजार ७ सय ३२ मत खसेकोमा ३० हजार बढी मत बदर भएको हो । जसअनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा ४ हजार ९ सय ९३ जनाले मत बदर गरेका छन् भने सबैभन्दा कम तामाकोशी गाउँपालिकामा २ हजार २ सय ६९ जनाको मत बदर भएको छ ।
स्थानीय तह निर्वाचनमा वैतेश्वर गाउँपालिकामा अध्यक्षतर्फ ८ सय ११ र उपाध्यक्षतर्फ २ हजार १ सय १४ मत गरी २ हजार ९ सय २५ जनाको मत बदर भएको छ । जिरी नगरपालिकामा ३ हजार ४ सय ३४ जनाको मत बदर भएकोमा प्रमुखतर्फ १ हजार ३ सय ५१ र उपप्रमुखमा २ हजार ८३ जनाको मत बदर भएको छ । जिल्लाको मेलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षतर्फ २ हजार ६ सय ६३ जनाको मत बदर भएको छ । सो पालिकामा अध्यक्षतर्फ १ हजार ८३ र उपाध्यक्षतर्फ १ हजार ५ सय ८० मत बदर भएको हो ।
शैलुङ गाउँपालिकामा पनि २ हजार ९ सय २६ जनाले मत बदर गरेका छन् । शैलुङमा अध्यक्षतर्फ १ हजार ३३ र र उपाध्यक्षतर्फ १ हजार ८ सय ९३ जनाको मत बदर भएको हो । गौरीशंकर गाउँपालिकामा अध्यक्षतर्फ १ हजार २ सय २३ र उपाध्यक्षतर्फ १ हजार ७ सय ८२ मत गरी ३ हजार ५ मत बदर भएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।