images
images

दोलखामा माओवादी कम ब्याकः ३ पालिका प्रमुख र २२ वडामा विजयी

  • ८ जेष्ठ २०७९, आईतवार १८:३८

जिरी (दोलखा) । दोलखामा यो पटक फेरी नेकपा माओवादी केन्द्र कम ब्याक भएको छ ।

यो पटकको स्थानीय तह निर्वाचनको परिणामले दोलखामा माओवादीको प्रभाव पुनः बढेकोे देखिएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनको तुलनामा पछिल्लो ५ वर्षको अवधिमा जिल्लामा माओवादी पुनः कम ब्याक भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले एउटा पनि पालिकामा पालिका प्रमुख/अध्यक्ष आफ्नो पक्षमा पार्न सकेको थिएन भने जम्मा २ वटा पालिका उपाध्यक्षमा चित्त बुझाउनु परेको थियो । सो क्रममा माओवादीले जिल्लाको ७४ वटा वडामा जम्मा ११ वटा वडा मात्रै जितेको थियो भने यो पटक त्यसको दोब्बर २२ सिट आफ्नो पक्षमा पारेको छ । संघीयतापछिको पहिलो पटक जनप्रतिनिधि स्थानीय तहमा आउँदा वडाहरुमा एमाले ४३ सिट, काङ्ग्रेस २० सिट र माओवादी ११ सिटमा मात्रै सिमित थियो ।

तर, यो पटक वडाध्यक्षहरुमा काँग्रेस र एमाले २४/२४ सिट, माओवादी २२ र एकीकृत समाजवादी र स्वतन्त्रको २/२ वडामा जित भएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट माओवादी केन्द्रले यसअघि एमालेले जितेको शैलुङ गाउँपालिकाको अध्यक्ष, गौरीशंकर गाउँपालिकाको अध्यक्ष र गत निर्वाचनमा कांग्रेसले जितेको विगु गाउँपालिकाको अध्यक्ष जित्न सफल भएको छ । यसअघि विगु र बैतेश्वरमा उपाध्यक्ष जितेको माओवादीले यो पटक कालिञ्चोक गाउँपालिकामा उपाध्यक्ष जितेको छ । २०७४ को नतिजा उल्टाएर माओवादीले दोलखामा आफ्नो प्रभाव र उपस्थितिलाई बलियो बनाएको छ ।

 २०७४ सालको स्थानीय तह निर्वाचनको तुलनामा पछिल्लो ५ वर्षको अवधिमा जिल्लामा माओवादी पुनः कम ब्याक भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले एउटा पनि पालिकामा पालिका प्रमुख/अध्यक्ष आफ्नो पक्षमा पार्न सकेको थिएन भने जम्मा २ वटा पालिका उपाध्यक्षमा चित्त बुझाउनु परेको थियो । सो क्रममा माओवादीले जिल्लाको ७४ वटा वडामा जम्मा ११ वटा वडा मात्रै जितेको थियो भने यो पटक त्यसको दोब्बर २२ सिट आफ्नो पक्षमा पारेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट माओवादी केन्द्रले यसअघि एमालेले जितेको शैलुङ गाउँपालिकाको अध्यक्ष, गौरीशंकर गाउँपालिकाको अध्यक्ष र गत निर्वाचनमा कांग्रेसले जितेको विगु गाउँपालिकाको अध्यक्ष जित्न सफल भएको छ ।

माओवादीको पक्षमा जनलहर र जनताको शक्ति हुँदाहुँदै पनि जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाबाट भने यो पटक माओवादीलाई क्षति पुगेको छ । जिरीमा गठबन्धनको नाममा अन्तिमसम्म खटपट नमिल्दा र केन्द्रले तोकेबमोजिम जिल्लामा गठबन्धनको नियम लागु गर्न नसक्दा तथा पार्टी एक भएर एक पक्षीय ढंगले निर्वाचनमा नहोमिँदा समस्या भएको हो । माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन तोडिएको र पार्टीले गेल्बु शेर्पालाई नगरप्रमुखको आधिकारीक उम्मेदवार बनाएपनि तल्लो स्तरमा शेर्पालाई फाल्टो बनाएर गठबन्धनकै रुपमा निर्वाचनमा होमिएको बुझिएको छ । जसले वडामा लाभ भएपनि नगरस्तरमा क्षति हुन पुगेको हो । साथै, गठबन्धनको खटपट र गठबन्धनदल आ–आफ्नो स्थानमा अडिग रहँदा त्यसको फाइदा एमालेले लिएको छ । वडा तहमा एमालेको कमजोर शक्ति भएपनि नगर प्रमुख र उपप्रमुख एमालेलेनै लिन सफल भएको छ ।

उता, बैतेश्वर गाउँपालिका पनि यो पटक माओवादीको जिल्लाकै ठूलो माहोल भएको स्थानको रुपमा स्थापित भइसकेको थियो । माओवादीप्रति र माओवादीको उम्मेदवारप्रति जनताको त्यति धेरै आकर्ष भएपनि निर्वाचनको क्रममा सिर्जना भएको झगडा, बुथ कब्जा, डर र त्रासले गर्दा जनताले राम्रोसँग निर्वाचनमा मताधिकारको प्रयोग गर्ने अवसर पाएनन् ।

जसको कारण माओवादी २ वटा वडामा मात्रै खुम्चिन पुगेको छ । यद्धपी, २०७४ सालमा फर्किन नसकेको माओवादीको माहोल ५ वर्षपछि फर्किएको छ ।