images
images

वैदेशिक रोजगार कसुरमा फरार रहेका सिन्धुपाल्चोकका एक पुरुष पक्राउ

  • ८ जेष्ठ २०८०, सोमबार ०६:३१

सिन्धुपाल्चोक । वैदेशिक रोजगार कसुर मुद्धामा फरार रहेका सिन्धुपाल्चोकका एक पुरुष पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ का ५५ वर्षीय इन्द्र बहादुर विक वैदेशिक रोजगार कसुरमा पक्राउ परेका हुन् । सिन्धुपाल्चोक जिल्ला अदालतले सुनाएको २०७६ साल माघ २१ गतेको फैसलाले सोही मुद्धामा एक वर्ष ५ महिना ८ दिन कैद भई उनी फरार भएका थिए । त्यस लगत्तै फरार रहेका उनलाई प्रहरीले ४ वर्षपछि हिजो सोही स्थानको चौतारा बजारबाट पक्राउ गरि कारागार चलान गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।