images
images

जिरीको कोटमा आगनको डिलबाट लडेर एक बालकको मृत्यु

  • ८ जेष्ठ २०८०, सोमबार ०६:५४

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित कोटमा आगनको डिलबाट लडेर एक बालकको मृत्यु भएको छ ।

जिरी नगरपालिका वडा नम्बर ६ स्थित कोटका रामबहादुर खड्काका छोरा ६ वर्षीय कविर खड्काको आगनको डिलबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो आफ्नै घरको आगनमा खेल्ने क्रममा एक्कासी आगनको डिलबाट खसेर उनी गम्भीर घाईते भएका थिए । घाईते उनलाई उपचारका लागि जिरी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीका सई बिजुली भुजेलले जानकारी दिनुभयो ।

बालक आगनको डिलबाट करिब २० मिटर तल खसेका थिए । उनको शव पोष्टमार्टमको लागि जिरी अस्पातालमा राखिएको प्रहरीले जनाएको छ ।