images
images

रामेछापको लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

  • ८ जेष्ठ २०८०, सोमबार २०:०६

जिरी (दोलखा) । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

करेन्ट लागेर लिखु तामाकोशी गाउँपालिका २ का २९ वर्षीय सुबास कार्कीको मृत्यु भएको हो । आज दिउँसो सैपुको सिरिसेस्थित लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट सर्ट भएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार आफैले लगेको उपकरण प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।