
सोलुखुम्बु । सगरमाथा आरोहण गर्ने क्रममा दुई जान बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । हिजो सगरमाथाको चुचुरोबाट फर्कने क्रममा सङखुवासभाको मकालु गाउँपालिका २ का २१ वर्षीय पासतेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय डयानियल पउर पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिनुभयो । उनीहरु सगरमाथा चुचुरोबाट पर्किने क्रममा बेपत्ता भएका हुन् । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित साउद समिट नजिकबाट चिप्लिएर दुवैजना बेपत्ता भएका हुन् ।
जेठ ८ गते उनीहरु दुवै जानले सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालले जानकारी दिनुभयो । शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथ आरोहणका लागि गत चैत २२ गते एटके एक्सपिडिसन प्रालि मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए । वातावरण अनुकुल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको कार्यालयले जनाएको छ । बेपत्ता दुवैजनाको खाजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।