काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । नागरिकता किर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको हो । प्रहरी भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला अदालत धनुषाले प्रहरीलाई तीन दिनसम्म उनीमाथि अनुसन्धान गर्न अनुमति दिएको हो ।
सिरोहियाका कानुन व्यवसायीले भागी जाने अवस्था र प्रमाण नष्ट गर्ने सम्भावना नरहेको कारण हिरासतमा नराखी अनुसन्धान अघि बढाउन आदेश दिनुपर्ने माग गरेका थिए । सिरोहियालाई नागरिकता किर्तेको अभियोगमा हिजो काठमाडौंबाट पक्राउ गरिएको थियो ।










