images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका रामेछापका युवक रोमानियाबाट पक्राउ

  • ९ जेष्ठ २०८१, बुधबार २०:३६

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका रामेछापका एक युवक रोमानियाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–९ बस्ने २४ वर्षीय गौरब नेपाली रहेका छन् । एनसीबी बुचरेस्टको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट आग्रह भएपछि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।