images
images

ट्रिपरको ठक्करबाट सिन्धुपाल्चोककी एक महिलाको मृत्यु

  • ८ असार २०७९, बुधबार ०८:१५

काठमाण्डौं । काठमाण्डौंमा ट्रिपरको ठक्करबाट सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको छ ।

काठमाण्डौको शंखरापुर नगरपालिका १ देउराली भञ्याङमा गएराति टिप्परको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फट्कशिला घर भएकी लिलामाई दनुवारको मृत्यु भएको हो । गएराति करिब ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिप्परले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिररहेको जनाएको छ ।