images
images

पोर्चुगलमा क्यान्सरबाट सोलुखुम्बुका एक युवकको मृत्यु

  • ८ असार २०७९, बुधबार ११:३१

काठमाडौंँ । पोर्चुगलमा क्यान्सरबाट सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय ङवाङ दावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज ईपीई अस्पतालमा उपचारका क्रममा निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिनुभयो । उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ । बेजास्थित कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी रोजगारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल पुगेका थिए ।