images
images

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु

  • ८ असार २०७९, बुधबार ११:५३

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २ सय ५० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प जाँदा उनीहरुको मृत्यु भएको हो । भुकम्पबाट १ सय ५० जना घाइते भएका छन् । भुकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । क्षति यो भन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।