सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नातिको कुटपिटबाट गम्भीर घाईते भएका हजुरबुबाको मृत्यु भएको छ ।
जिल्लाको मेलम्ची नगरपालिका–१२ माझिगाउँका नाति निरज माझीको कुटाईबाट हजुरबुबा ७२ वर्र्षीय बिकु माझीको मृत्यु भएको हो । गत जेठ १३ गते मानसिक सन्तुलन ठिक नभएका निरजले हजुरबुबालाई एक्कासी कुटेका थिए । त्यसपश्चात हजुरबुबालाई उपचारका लागि न्यूरो अस्पताल बाँसबारी काठमाडौँमा लगिएको थियो । प्रहरीका अनुसार उपचारपछि घरमा बस्दै आएका उनको हिजो मृत्यु भएको हो । कुटपिट गर्ने नाति निरजलाई भने सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । उनले मानसिक रोगको औषधी सेवन गर्दै आएका छन् ।