images
images

हेटौंडामा प्रेस युनियनको महाधिवेशन, नारावाजीपछि घट्यो मनोनयन शुल्क

  • ६ श्रावण २०७९, शुक्रबार १५:२९

हेटौंडा । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । प्रेस युनियनको नवौँ महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको हो ।

करिब ८ वर्षपछि भएको महाधिवेशनको कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । नयाँ नेतृत्वका लागि संस्थापन र इतर समूहका गरी दुइ प्यानल छन् । युनियनको नयाँ नेतृत्वका लागि संस्थापनबाट अनिता बिन्दु र इतर समूहबाट शिव लम्साल प्रतिस्पर्धामा उत्रिएका छन् । भोलिसम्म चल्ने महाधिवेशनले तीन वर्षकाक लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ता गर्ने र भोलि निर्वाचन गर्ने तयारी छ । महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६ सय ५० जनाको सहभागिता रहेको छ ।

प्रेस युनियनको महाधिवेशनमा उम्मेदवारी मनोनयनकालागि चर्को शुल्क तोकिएपछि महाधिवेशनस्थलमा नारावाजी भएको छ । बिरोध र नारावाजीपछि मनोनयन शुल्क घटाईएको छ । बिरोधपछि अध्यक्ष पदको मनोनयकालागि ३० हजारवाट घटाएर २० हजार तथा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिव र केन्द्रीय लेखा समिति संयोजककालागि जनही तोकीएको २५ हजारवाट घटाएर १० हजार कायम गरिएको छ । केन्द्रीय सदस्य र लेखा समितिका सदस्यकालागि पनि १५ हजारवाट घटाएर ५ हजार शुल्क कायम गरिएको छ ।

दोलखाका २ जना पत्रकारले पनि केन्द्रीय पदाधिकारीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छने । छापा माध्यमतर्फवाट सचिव पदमा स्याम खतिवडा र जनजातितर्फवाट सचिव पदमा लालकुमार मोक्तानले उम्मेदवारी घोषणा गरेका हुन् ।