
सर्लाही । सर्लाहीमा अज्ञात समूहले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रायको हत्या भएको हो । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको हो । प्रहरीले मुचुल्का उठाएर रायको शवलाई मलंगवा अस्पताल पठाएको र यसबारे थप अनुसन्धान भइरहेको मधेस प्रदेशका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार रायको टाउको बायाँ भागमा चोट लागेको छ ।