images
images

बागमती प्रदेशको मन्त्रीमा दोलखाका भरत केसीको शसक्त दावी, यसकारण बलियो छ सम्भावना

दोलखा । बागमती प्रदेशमा नयाँ सरकार गठन हुँदैछ । नयाँ सत्तासमिकरणसँगै कांग्रेस र एमालेको संयुक्त सरकार बन्न लागेको हो । संयुक्त सरकारको नेतृत्व पहिलो पटक नेपाली कांग्रेसले गर्दैछ ।

कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दुवै दलका सांसदको समर्थनसहित मुख्यमन्त्रीको दावी गर्दै छन् । प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरे लगत्तै लामा आजै मुख्यमन्त्री नियुक्त हुँदै छन् । त्यस लगत्तै सकेसम्म पूर्ण र नभए सानो आकारको मन्त्रीमण्डल बिस्तारको तयारी छ । कांग्रेस र एमालेले यो पटक पुरानै मन्त्रीहरुलाई निरन्तरता दिन्छन् वा नयाँ अनुहारले अवसर पाउने छन् ? टुँगो हुन बाँकी छ ।

स्रोतका अनुसार संघीय सरकारकै मोडलमा प्रदेश सरकारमा पनि केही पुराना र केही नयाँ अनुहारलाई समेटेर मन्त्रीमण्डल बिस्तार गर्ने कांग्रेस र एमालेको तयारी छ । दुई पटक बागमती प्रदेश सरकारको नेतृत्व गरेको एमाले यो पटक पनि आर्थिक मामिला तथा योजना मन्त्रालय सहितका मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछ । अव बन्ने सरकारको मन्त्री बन्नकालागि एमालेका प्रदेशसभा सांसदहरु सक्रियताका साथ लागिपरेका छन् ।

दोलखावाट निर्वाचित सांसद भरत केसीले पनि शसक्त दावी प्रस्तुत गरिरहेका छन् । उनी हिमाली जिल्ला दोलखावाट प्रदेशसभामा प्रतक्ष्य निर्वाचित एक मात्र सांसद हुन् । दोलखाका प्रदेशसभाका २ निर्वाचन क्षेत्र रहेकोमा एमालेले एक सिटमा जित हात पारेको थियो । २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दा पनि केसीले सानदार जित हाँसिल गरेका थिए । कूल १९ हजार ४१४ मत प्राप्त गरेका केसीले १ हजार ८१९ मतान्तरले कांग्रेसका उम्मेदवार बर्मा लामालाई पराजित गरेका थिए ।

दोलखामा संघ र प्रदेशसभाको एउटा निर्वाचन क्षेत्रमा एमाले पराजित हुँदा केसी मात्रै बिजय हात पार्ने उम्मेदवार हुन् । यसको कारण उनको लोकप्रियता र दोलखाका ९ स्थानीय तहमध्ये सवैभन्दा ठूलो भीेमेश्वर नगरपालिकाको प्रथम नगर प्रमुख भएर गरेका कामहरु भएको बताईन्छ ।

दोलखावाट निर्वाचित सांसद भरत केसीले पनि शसक्त दावी प्रस्तुत गरिरहेका छन् । २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दा पनि केसीले सानदार जित हाँसिल गरेका थिए । सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा प्रदेशसभाका १६ वटा निर्वाचन क्षेत्र छन् । ती मध्ये दोलखाका भरत केसीमात्रै प्रतक्ष्य निर्वाचित प्रदेशसभाका सांसद हुन् । 

हुनत दोलखाका एमाले नेताहरुले प्रदेशसभामा पनि पटक–पटक मन्त्री बन्ने अवसर पाएका छन् । एमाले नेतृ रचना खड्का छोटो अवधिकैलागि भएपनि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेकी थिइन् भने अर्की नेतृ सरस्वती बस्नेत पनि सामाजिक विकास मन्त्री बनिसकेकी छिन् । यद्धपि, हिमाली जिल्ला दोलखावाट प्रतक्ष्य निर्वाचित सांसद केसीलाई यो पटक मन्त्रीमण्डलमा समेटेर जनमतको सम्मान गर्नु पर्ने दवाव एमाले नेतृत्वलाई छ ।

सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकवाट प्रदेशसभामा प्रतक्ष्य निर्वाचित हुने एमालेका एक जना पनि सांसद छैनन् । ती जिल्लावाट प्रदेशसभामा समानुपातिक सांसदको मात्रै प्रतिनिधित्व रहेको छ । मन्त्री नियुक्त गरिदा बागमती प्रदेशको उत्तर पूर्वी जिल्लाहरुको भावनाको कदर गर्नु पर्ने र अवसर दिँदा प्रतक्ष्य निर्वाचितलाई प्राथमिकता दिनु पर्ने एमाले नेता, कार्यकर्ताहरुको भावना रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारमा पनि समानुपातिक भन्दा प्रतक्ष्य निर्वाचित सांसदलाई अवसर दिएका कारण प्रदेशमा पनि त्यहि नीति लागू हुने एमालेका जिल्लास्तरका नेता, कार्यकर्ताको बिश्वास छ ।

सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा प्रदेशसभाका १६ वटा निर्वाचन क्षेत्र छन् । ती मध्ये दोलखाका भरत केसीमात्रै प्रतक्ष्य निर्वाचित प्रदेशसभाका सांसद हुन् । उनलाई बागमती प्रदेश सरकारमो मन्त्रीमण्डल बिस्तार गर्दा एमालेले अवसर देला वा नदेला ? हेर्न बाँकी छ ।