images
images

दोलखाको खोपाचाँगुमा बाल्टीमा डुबेर २ वर्षीय बालकको मृत्यु

दोलखा । दोलखाको विगु गाउँपालिकामा बाल्टीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

विगु गाउँपालिका–८ खोपाचाँगु आहालेका कमन थामीका २ वर्षीय बालक भिमराज थामीको हिजो साँझ डुबेर मृत्यु भएको हो । घरनजिकै रहेको धारामा लुगा धुने बाल्टीमा डुबेर ती बालकको मृत्यु भएको गाउँपालिकाका प्रवक्ता लोकबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो उनकी आमा सञ्जमाया थामी बाल्टीमा कपडा डुबाएर बाख्रालाई घाँस काट्न बारीमा गएकी थिइन् । फर्किने क्रममा २ वर्षीय बालक भिमराज सोही बाल्टीमा डुबेर मृत्त अवस्थामा फेला परेको प्रवक्ता नेपालीले बताउनुभयो । दोलखा प्रहरीले भने घटनाका बारेमा जानकारी आउन बाँकी रहेको जनाएको छ ।