काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उद्योगहरुको लाईन जोड्ने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको आज बसेको बैठकले लाईन काटिएका उद्योगमा विद्युत जोड्ने निर्णय गरेको हो । विद्युत नियमन आयोगले यसअघि हिजो साँझ विद्युत लाईन जोड्न लिखित निर्देशन दिएको थियो । नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत जोड्न निर्देशन दिएको थियो । आयोगबाट निर्देशन आएपछि प्राधिकरण सञ्चालक समितिका सबैजसो सदस्य उद्योगमा लाईन जोड्न सहमत भएका हुन् ।
प्राधिरणले डेडिकेटेड र ट्रंकलाईनको बक्यौता विवादपछि धमाधम उद्योगहरुको लाईन काट्दै आएको थियो । लामो समयदेखि उद्योग र प्राधिकरणको विवादले नयाँ सरकार गठनपछि नयाँ मोड लिन थालेको छ ।