काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा विषयान्तर गर्न खोजेको भन्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाउनुभएको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको प्रश्नको जवाफ दिनुको साटो फरक विषयान्तरमा केन्द्रित भएपछि सांसद पुनले आसनबाट उठेर नियमापत्ति जनाउनुभएको हो । प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपछि विषयान्तर गर्दै विद्युत महसुललगायतका विषयमा केन्द्रित हुनुभएको थियो । उहाँले सभामुखमार्फत प्रधानमन्त्रीले गालीगलौज गरेको भन्दै आपत्ति जनाउनुभयो । पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गर्नुभएको थियो । त्यसपछि सभामुख घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित गर्न ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपछि फेरि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको बताउनुभएको थियो ।
त्यसपछि मात्र ओलीले सांसद धनराज गुरुङले गरेको प्रश्न दिन सुरु गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भने आफु विषय केन्दित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडी आएका विषयमा आफुले जवाफ दिएको बताउनुभयो ।