images
images

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

  • ७ श्रावण २०८१, सोमबार १७:२८

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यसअघि आचार्यले कांग्रेस एमालेका ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।