काठमाडौँ । बागमती प्रदेशमा एक वर्षको अवधिमा ५ हजार भन्दा बढि अपराधिक घटना भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशमा मात्रै ५ हजार १९७ वटा अपराधिक घटनासम्बन्धि मुद्धा दर्ता भएको हो । संगठित अपराध, बलात्कार, कर्तव्य ज्यान लगाएतका अपराधका घटना सम्बन्धि मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । २०८० साल साउन १ देखि २०८१ असार मसान्तसम्म देशभरका प्रहरी कार्यालयमा ५९ हजार २०३ वटा मुद्धा दर्ता भएको छ । त्यसमध्य काठमाडौँ उपत्यकामा सबैभन्दा बढि १७ हजार ४५ वटा मुद्धा दर्ता भएको छ ।
अघिल्ला आर्थिक वर्षको तुलनामा मुद्धा दर्ताको संख्यामा वृद्धि भएको प्रहरी प्रवक्ता, डिआईजी दानबहादुर कार्कीले जानकारी दिनुभयो । सोही अवधिमा बागमती प्रदेशमा २ सय ८७ वटा बलात्कारको घटना दर्ता भएको छ । मुलुकभर २ हजार ५०७ वटा बलात्कारका घटना प्रहरीमा दर्ता हुँदा बागमतीमा मात्रै २८७ वटा घटना भएको हो । मुलुकभरमा सबैभन्दा बढि कोशी प्रदेशमा ५१७ वटा बलात्कारको घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३६० वटा बलात्कारका घटना दर्ता भएको छ । यो अवधिमा मुलुकभर ४६० वटा जबरजस्तीकरणी उद्योगको मुद्धा दर्ता भएको छ ।