images
images

बिगुमा ट्रिपर दुर्घटनामा हाईड्रोपावरका दुई जना कर्मचारी घाईते

  • ६ भाद्र २०७९, सोमबार १३:४४

दोलखा । दोलखाको बिगु गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा नासा हाईड्रोपावरले निर्माण गर्दै गरेको सुरुङमार्गमा जादै गरेका कम्पनिका चालक र सुपरभाईजर घाईते भएका हुन् । घाईते हुनेमा कम्पनिका ट्रिपर चालक बिगु गाउँपालिका ८ का २२ बर्षिय अनुप खड्का र कम्पनिका सुपरभाईजर कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ का २६ बर्षिय दिलीप पाण्डे रहेका छन् । घाईतेहरुको रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको लामाबगरका वडाअध्यक्ष मेमबहादुर तमाङले जानकारी दिनुभयो । उनीहरु ड्युटीमा जाने क्रममा बिगु १ लामाबगरको चौकीखोलाको पुलमा ट्रिपर (हाईवा) दुर्घटनामा परेको हो ।