images
images

बिगुमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा एक पुरुषको मृत्यु

  • ६ भाद्र २०८१, बिहीबार १५:१३

दोलखा । दोलखाको विगु गाउँपालिकामा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा एक पुरुषको मृत्यु भएको छ ।

विगु गाउँपालिका वडा नम्वर ४ लादुकमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा डुबेर स्थानीय अन्दाजी ५४ वर्षीय तिर्थ बहादुर तामाङको मृत्यु भएको हो । हिजो सोही स्थानका लिङ दोर्जे तामाङको घरमा सेफ्टी ट्यांकी सफा गर्न गएका तामाङको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सेफ्टी ट्यांकी सफा गर्ने क्रममा हिजो साँझ करिव ६ बजे सोही ट्यांकीमा डुबेको प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक तामाङको शव पोष्टमार्टमका लागि पशुपति चौँलागाई स्मृति अस्पताल चरिकोटमा राखिएको छ ।