images
images

टीआरसी विधेयक राष्ट्रिय सभाबाट पनि पारित

  • ६ भाद्र २०८१, बिहीबार १७:१४

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नु भएको थियो ।

पछिल्लो पटक सरकारले २०७९ फागुन २५ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो । विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया शुरु हुनेछ ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र युद्धबाट नेपालमा राजनीतिक परिवर्तन र उपलब्धी हासिल भएको बताउनु भएको छ । राजनतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्नु नै नेपालको वर्तमानको केन्द्रीय कार्यभार भएको बताउनु भएको छ ।