हेटौँडा । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले आज विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । गत साउन १६ गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुख देवकोटासमक्ष प्रमाणीकरणका लागि पेस भएको थियो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै उक्त विधेयकले ऐनको रूप लिनेछ । प्रमाणित भएसँगै सो विधेयक विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१ को नाममा रहनेछ । विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा लगानी गर्न उक्त ऐन निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ ।