हेटौंडा । बागमती प्रदेशको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षका माग सम्बोधन गर्ने लिखित सहमति भएको छ ।
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको आव्ह्वानमा आज बिहान बसेको बैठकमा सहमति जुटेको हो । यो सँगै आजका लागि बोलाइएको प्रदेश सभा बैठक निर्धारित समयमै सञ्चालन हुने भएको छ । यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले बजेट र सरकार सञ्चालनका सवालमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिएको थियो ।
सर्वदलीय बैठकमा सहमति जुटेकाले प्रदेश सभा बैठक निर्धारित समयमै सञ्चालन हुने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो । प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।