images
images

सहकारी रकम अपचलन आरोपमा पूर्व डिआईजी जोशी पक्राउ

  • ६ आश्विन २०८१, आईतवार १७:३५

काठमाडौँ । नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक (डिआईजी) छविलाल जोशी पक्राउ परेका छन् ।

पूर्व डिआईजी जोशीलाई सुर्यदशर्न सहकारीको रकम अपचलन गरेको मुद्धामा प्रहरीले पक्राउ गरेको हो । उनलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको हो । गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । त्यसलगत्तै जोशी पक्राउ परेको समाचार सार्वजनिक भएको हो । पक्राउ परेका जोशीलाई कास्की प्रहरीमा पठाउने तयारी भईरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीबाट अवकाश पाएका जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । संसदीय छानबिन समितिले हालै तयार पारेको प्रतिवेदनमा जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिईएको थियो ।