काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई साइबर ब्युरो हुँदै काठमाडौं जिल्ला अदालत लगिएको थियो । जिल्ला अदालतका न्याधिश बालकृष्ण वाग्लेको इजलासले प्रसाइलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला अदालत काठमाडौंको स्रस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।
प्रसाई विरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य टिका संग्रौला लगायतका पिडित महिलाले प्रसाईविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए । सोही जाहेरी पछि अदालतको अनुमती लिएर प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो । असोज २ मा जिल्ला अदालत काठमाडौंले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
यसैबीच, राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानले भोलि देखि देशभर चरणबद्ध आन्दोलन गर्ने भएको छ । प्रसाईँलाई साइबर ब्युरोले आज भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ ।