काठमाडौं । यो वर्षको कक्षा १२ को नतिजा पुनर्योगका लागि १५ हजार विद्यार्थीले निवेदन दिएका छन् ।
३५ भन्दा कम ल्याउनेलाई ननग्रेडिङको व्यवस्था गरेपछि यो वर्षको कक्षा १२ को नतिजा पुनर्योगका लागि १५ हजार विद्यार्थीले निवेदन दिएका हुन् । पुनर्योगका लागि गरिएको यो निवेदन विगतका वर्षहरुको तुलनामा तेब्बर हो । विगतमा ३५ भन्दा बम अकं ल्याउनेलाई पनि ई ग्रेडमा राखेर पास गराइने गरिएको थियो । तर यो वर्षदेखि ३५ अकंभन्दा बढी अर्थात डी ग्रेडसम्म ल्याउनेलाई मात्रै पासको मान्यता दिने व्यवस्था गरेसँगै पुनयोगको माग गर्ने विद्यार्थीको संख्या बढेको हो ।










