images
images

दोलखामा राती ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

  • ५ कार्तिक २०७९, शनिबार १०:०८

दोलखा । दोलखामा राती ९ बजे पछि देउसी भैला खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले तिहारमा रातीको समयमा देउसी भैलो खेल्न रोक लगाएको हो । जिल्ला सुरक्षा समितीको बैठकले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा हुने अपराधिक घटना न्युनीकरण गर्न राती ९ बजेपछि देउसी भैला खेल्न रोक लगाउने निर्णय गरेको हो । कार्यालयले बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म मात्रै देउसी भैलो खेल्नका लागि समय तोकेको दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।

यस्तै जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसारप्रसार नगर्न तथा नपड्काउन कार्यालयले आग्रह गरेको छ । प्रशासन कार्यालयको निर्णय विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने प्रजिअ खतिवडाले बताउनुभयो ।