images
images

रामेछापमा राती ८ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

  • ५ कार्तिक २०७९, शनिबार १७:३३

जिरी (दोलखा) । रामेछापमा देउसी भैलो राती ८ बजेसम्म मात्रै खेल्न पाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रामेछापमा बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिने निर्णय गरेको हो । दिपावली र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरुलाई मध्यनजर गर्दै ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिइने र ८ बजेपछि मदिरा तथा मदिराजन्य पदार्थ बेचविखनमा समेत रोक लगाइएको हो । साथै, जुवातास खेल्ने/खेलाउने लगायत कानुनले निशेध गरेका कुनै पनि प्रकारको कार्य गरे वा गराएमा नियन्त्रणमा लिई कारवाही गर्ने पनि जनाइएको छ ।

यसैगरी, बैठकले बजार अनुगमन, अखाद्य वस्तुको उत्पादन, विक्री वितरणमा नियन्त्रण, विष्फोटक पदार्थको आयात गरिने नाका र विक्रीवितरण गरिने स्थानहरुमा निगरानी बढाई आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।