images
images

मौसम खुलेपछि लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ पर्यटक पुगे

  • ६ कार्तिक २०८१, मंगलवार १०:१९

काठमाडौं । एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ पर्यटक पुगेका छन् ।

प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा बसिरहेको पर्यटक हवाईमार्गमार्फत लुक्ला पुगेका हुन् । हिजो मन्थली र काठमाडौंबाट तारा, समिट र सिता यएर गरी ३ कम्पनीको ४७ जहाजले उडान भरेका छन् ।

विभिन्न कम्पनीका हेलिकप्टरले पनि १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला पुर्याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले जानकारी दिनुभयो । हिजो बिहान देखि मौसम अनुकुल भएसँगै उडान गरेको पन्थीले जानकारी दिनुभयो ।

तारा एयरका १६, सीता एयरका १५ र समिट एयरका १६ गरी ४७ उडान भएको छ । जहाज मार्फत ५ सय ७५ विदेशी र हेकिप्टरबाट ५ सय ८० गरी ११ सय ५५ जना पर्यटक लुक्ला भित्रिएको जिल्ला प्रहरी प्रमुख डीएसपी द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।