काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग ज्योति गुरुङ र ज्योति भण्डारीबिरुद्ध रेड नोटिस जारी गर्न प्रहरीले ईन्टरपोललाई पत्राचार गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो –सिआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो –एनसीबी) ले ईन्टरपोलको महासचिवालयमा ललितपुर महानगरपालिका ५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी साकोसको रकम अपचलनमा गुरुङ र भण्डारीबिरुद्ध पत्राचार गरेको हो । कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती सो सहकारीको प्रबन्ध निर्देशक थिईन् । बर्दिया घर भएका ज्योती भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । उनीहरुले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।